
वीरगञ्ज । धनुषामा मस्जिदमा तोडफोड भएको घटनालाई लिएर वीरगञ्जमा दुई समुदायबीच उत्पन्न तनाव अन्त्य गर्ने सहमति जुटेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले ५ बुँदे प्रतिबद्धतासहितको सहमति गरेको हो । सहमतिअनुसार अन्य मुलुक वा स्थानमा घटेको घटनालाई लिएर वीरगञ्जमा आन्दोलन नगर्ने, पीडितले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएर मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने, सर्वपक्षीय बैठकमा उपस्थित संघ/संस्था सम्मिलित जिल्लास्थित संयन्त्रले वीरगञ्जमा सद्भाव र्याली आयोजना गर्ने, मेडियालाई सामाजिक सद्भाव बिथोल्ने गरी समाचार सम्प्रेषण नगर्न अनुरोध गर्ने र सामाजिक सद्भाव बिथोल्नेलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने र सबै पक्षले आफूबाट भएको कमजोरी मनन गर्दै आफ्नो समुदायका व्यक्तिलाई अनुशासनमा बस्न लगाउने र आज भएको सहमति सबैले पालन गर्ने गराउने गरी सहमति भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
यही सहमतिअनुरूप अहिले केहीबेरमा सद्भाव र्याली निकाल्ने तयारी छ । प्रशासनले लगाएको निषेधाज्ञा भने मंगलबार साँझ ६ बजेसम्म जारी छ ।
याे पनि :