वीरगञ्जमा लगाइएको निषेधाज्ञा आज साँझ ६ बजेसम्मका लागि थप

निषेधित क्षेत्रमा कुनै पनि किसिमको भेला, जुलुस, सभा तथा प्रदर्शन गर्न नपाइने
पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
वीरगञ्जमा लगाइएको निषेधाज्ञा आज साँझ ६ बजेसम्मका लागि थप

वीरगञ्ज । पर्सा प्रशासनले वीरगञ्ज महानगरमा लगाएको निषेधाज्ञा मंगलबार साँझ ६ बजेसम्मका लागि थप गरेको छ ।

प्रशासनले साेमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका निषेधाज्ञा जारी गरेकोमा साँझ विज्ञप्ति जारी गर्दै मंगलबार बिहान ८ बजेसम्म कायम रहेको जनाएको थियो । परिस्थितिलाई मूल्याङ्कन गरेर दिउँसो १ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । मंगलबार मध्याह्न बसेको जिल्ला सुरक्षा समितिको बैठकले फेरि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनले वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । ती स्थानमा कुनै किसिमको भेला, जुलुस, सभा तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।

साेमबार बिहानैदेखिको प्रदर्शनका कारण वीरगञ्ज बजार तनावग्रस्त बनेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.