कुलमानले दिनुभयाे मन्त्री पदबाट राजीनामा (पत्रसहित)

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुलमानले दिनुभयाे मन्त्री पदबाट राजीनामा (पत्रसहित)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएकाे छ ।

मन्त्री घिसिङले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाउनुभएकाे हाे । राजीनामाबारे उहाँले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएकाे छ । प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिनुभयो।

मन्त्री घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक हुनुहुन्थ्याे । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकिीकरणपछि उहाँ वरिष्ठ उपसभापति हुनुभएकाे थियाे ।

दलीय राजनीतिमा सक्रिय भएसँगै मन्त्री घिसिङको सार्वजनिक आलोचना बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमै उहाँसहित खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलको राजीनामा माग्नुभएकाे थियाे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.