
इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट निसान पदयात्रा सुरू भएको छ ।
बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु भएकाे पदयात्रा ४१.१ किलोमिटरको हुनेछ । वीरतापूर्ण इतिहासलाई स्मरण गर्दै भारतीय सीमा मेची बजारबाट इलाम सदरमुकामसम्म पदयात्रा हुनेछ । पुस २६ मा सदरमुकाम आएर पदयात्रा समापन गरिनेछ ।
नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै ऐतिहासिकतालाई स्मरण गराउँदै पर्यटन प्रवर्द्धन गर्ने प्रयास गरिएको रणशार्दूल गण इलामका गणपति प्रल्हाद घलेले जानकारी दिनुभयो ।