
इटहरी । इटहरी उपमहानगरपालिकाको सहयोग तथा स्थानीय उपभोक्ता समितिको सक्रियतामा इलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःस्थापना गरी हस्तान्तरण गरिएको छ ।
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते इलाका प्रहरी कार्यालय इटहरीको भवन पूर्णरूपमा ध्वस्त भएको थियो । कार्यलय ध्वस्त भएपछि विस्थापित बनेको प्रहरीको टोलीले झन्डै तीन महिना इटहरी-२० तरहराको चौकीबाट अस्थायीरूपमा सेवा सञ्चालन गरिएको थियो ।
भवन मर्मत तथा निर्माणमा ५३ लाख ३५ हजार ८०७ रूपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।