आगामी फागुन २५ गते बालेन प्रधानमन्त्री हुने !

पुस २३, २०८२ |डीपी उपाध्याय
आगामी फागुन २५ गते बालेन प्रधानमन्त्री हुने !

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका प्रमुख स्वकीय सचिवसमेत रहनुभएका रास्वपा नेता भुपदेव शाहले आगामी फागुन २५ गते बालेन्द्र शाह देशको प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको छ ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम 'सरोकार'मा कुरा गर्दै शाहले आगामी फागुन २५ गते बालेन्द्र शह प्रधानमन्त्री हुने दाबी गर्नुभएको हो । '२१ गते निर्वाचन हुने प्राविधिक काम सक्न केही समय लाग्ने भएका कारण फागुन २५ गते बालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ' शाहको दाबी छ । 

सरकारले जेन-जीहरूसँग गरेको सहमति पनि बालेन्द्र नेतृत्वको सरकारले कार्यान्वयन गर्ने उहाँको दाबी छ । यस्तै उहाँले आगामी प्रतिनिधि सभा निर्वाचनमा बालेन्द्र शाह झापा-५, महोत्तरी वा काठमाडौं दुई मध्ये एक ठाउँबाट उठ्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । 

शाहले भन्नुभयो 'मलाई जानकारी भएको तीनवटा विकल्प भन्छु, पहिलो झापा ५, दोस्रो महोत्तरी र तेस्रो काठमाडाैं-२ ।' केपी ओलीलाई संसद् नै प्रवेश गर्न रोक्नुपर्ने तर्क गर्दै त्यसका लागि पनि बालेन्द्र झापा-५ बाट चुनाव लड्न सक्ने उहाँको भनाइ छ । बालेन्द्र शाह अहिलेसम्म पार्टी कार्यलाय नगएको सन्दर्भमा उहाँ फागुनको पहिलो साता महानगर प्रमुखबाट राजीनामा दिने अनि पार्टी कार्यलय जाने जानकारी दिनुभयो ।

अर्को प्रसङ्गमा उहाँले वर्तमान सरकार नागरिक सरकार भएका कारण दलमा लागेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने प्रधानमन्त्री भनाइमा आफू सहमत भएको बताउनुभयो । तर कुन-कुन मन्त्री राजनीतिक दलमा लागेका छन् भन्ने आफूलाई जानकारी नभएको उहाँकाे दाबी थियो ।

कुनमान घिसिङसँगको सहमतिबारे आफू जानकार नभएका कारण उहाँ राजनीतिमा लागे नलागेको जानकारी नभएको उहाँको दाबी थियो ।

कार्यक्रम सरोकार कान्तिपुर टेलिभिजनमा बुधबार राति १० बजे र कान्तिपुर टेलिभिजनको युट्युब च्यानमा राति ९ बजे प्रसारण हुनेछ । 


Image

डीपी उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको जिल्ला ब्युरोमा कार्यरत छन् ।