अपडेट- भिमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

पुस २०, २०८२ |बालकृष्ण अधिकारी
अपडेट- भिमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

हेटौंडा । काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडातर्फ आइरहेको ना १ ज १७७८ नम्बरको टाटा सुमो भिमफेदी गाउॅंपालिका वडानम्बर ६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ ।

सुमोमा सवार ३ जना यात्रु गम्भीर घाइते भएका छन् । जुरिखेतस्थित सडकको माथिल्लो मोडबाट तल्लो मोडमा खसी सुमो दुर्घटना भएको प्रहरी उपरिक्षक सुबास चन्द्र बोहोराले बताउनुभयो । सुमोमा ९ जना सवार रहेका थिए । ९ यात्रु मध्य २ जना बालबालिका रहेका छन् ।

मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी घाइते भएकाहरूको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।