
विराटनगर । निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न जिल्लास्थित निर्वाचन अनुगमन समितिलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार विराटनगरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने विषय निर्वाचनको स्वच्छ प्रतिष्पर्धासँग जोडिएको बताउँदै निर्वाचन आचारसंहिताको पालनाबिना निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार हुन नसक्ने स्पष्ट पार्नुभयो ।