दैलेखमा निर्वाचन अवधिभर हुने जोखिम र चुनावी प्रक्रियाबारे डेमो अभ्यास सञ्चालन

फाल्गुन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
दैलेखमा निर्वाचन अवधिभर हुने जोखिम र चुनावी प्रक्रियाबारे डेमो अभ्यास सञ्चालन

दैलेख । फागुन २१ गते हुने निर्वाचनका लागि दैलेखमा रहेका सुरक्षा निकायका सबै सदरमुकाममा निर्वाचन अवधिभर हुने जोखिम र चुनावी प्रक्रियाबारे डेमो अभ्यास सञ्चालन गरिएको छ । 

प्रतिनिधि सभा निर्वाचनका लागि दैलेखमा सुरक्षाका लागि आवश्यक तयारी भएसँगै मतदान स्थलमा निर्वाचनका समयमा हुन सक्ने जोखिम पहिचान, समाधान प्रक्रिया र सुरक्षा निकाय परिचालन विधिबारे शुक्रबार दैलेखमा प्रयोगात्मक अभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचान प्रहरीका लागि निर्वाचन अवधिभर अपनाउनु पर्ने रणनीतिबारे प्रयोगात्मक अभ्यास गर्दै सिकाइ आदन प्रदान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.