.png&w=1000&height=550)
काठमाडौं । दोस्रो महिला तथा पुरुष हक्की प्रतियोगिता- २०८२ को तेस्रो दिनको खेलमा गण्डकी र सुदूरपश्चिमले प्रभावशाली प्रर्दशन गरेका छन् ।
महिलातर्फ गण्डकीले मधेशलाई २-० ले पराजित गर्यो । २८औँ मिनेटमा सरिता ढलानमार्फत गण्डकीले अग्रता बनाएको थियो । त्यसैगरी, ३५औँ मिनेटमा गीता पुन मगरले गोल गर्दै गण्डकीको जित सुनिश्चित गरिन् ।
महिलातर्फकै अर्को खेलमा सुदूरपश्चिमले बागमतीविरुद्ध ६-० को फराकिलो जित दर्ता गर्यो । बबिता उर्वले ह्याट्रिक गर्दा सुदूरपश्चिमको जितको बाटो सहज बनेको थियो । उनले २१, २९ र ५७औँ मिनेटमा गोल गरेकी थिइन् ।
त्यस्तै, सन्जु चौधरी, गंगा भट्ट र मुस्कान रानाले समान एक एक गोलको योगदान गरे । त्यसैगरी, पुरुषतर्फ पनि गण्डकी र सुदूरपश्चिम नै हाबी बने । गण्डकीले मधेशलाई १-० ले स्तब्ध पार्दा सुदूरपश्चिमले बाग्मतीविरुद्ध ३-० को जित हात पार्यो ।
सुदूरपश्चिमको जितमा आयुष साहले ब्रेस प्रहार गरे । उनले खेलको ८औँ र ११औँ मिनेटमा गोल गरेका हुन् ।