
ताप्लेजुङ । केही समय मत्थर रहेको ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विवाद फेरि सुरू भएको छ ।
राष्ट्रिय सभाको विधायन समितिका आठ सांसद पाथीभरा केबलकारको विषयमा छलफल गर्न आएपछि नो केबलकार समूहले कुनै पनि हालतमा बन्न नदिने र आफूहरूको आन्दोलन जारी रहेको दोहोर्याएका हुन् । छलफलमा नो केबलकार समूहका दुई दर्जनभन्दा धेरै नगरपालिका गएका थिए । तर प्रतिनिधिमुलक सहभागिता भन्दै नगर प्रहरीले पाँच जनालाई मात्रै प्रवेश गराएको थियो ।