सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि सुरू

पुस १६, २०८२ |टेकराज जोशी
सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि सुरू

घनगढी । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफेडपछि ठप्प सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबारदेखि सुरू भएको छ ।

भवन मर्मतसम्भार गरी प्रदेश सभा बैठक चलाइएको हो । बुधबारको बैठकमा 'सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' टेबुल गरिएको छ । त्यस्ते आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले महालेखा परीक्षकका विभिन्न वर्षका वार्षिक प्रतिवेदन, प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन र मुख्य न्यायधिवक्ताको आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

बैठकबाट बाहिरिने क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले अब प्रदेश सभा निरन्तर सञ्चालन हुने बताउनुभयो । बैठकको शून्य समयमा भाग प्रदेश सभा सदस्यहरूले समसामयिक समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका थिए ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।