पवित्र तीर्थस्थल देवघाट क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा

पुस १२, २०८२ |राजु चौधरी
पवित्र तीर्थस्थल देवघाट क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा

चितवन । पवित्र तीर्थस्थल देवघाट क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । देवघाट क्षेत्र विकास समितिले शुक्रबार भरतपुर महानगरपालिका, गैंडाकोट नगरपालिका र देवघाट गाउँपालिकाका जनप्रतिनिधको उपस्थितमा विशेष कार्यक्रम गरि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधित क्षेत्र घोषणा गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्लाष्टिक व्यवस्थापनमा आम नगरिक सचेत हुनुपर्ने बताउनुभयो । देवघाट क्षेत्र विकास समितिसँगै सहमति संस्था, नदीसँग हामी लगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो । यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र फोहोर सङ्कलन गर्ने ३७ वटा डस्बिनहरू राखिएको छ । जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र पत्ती फाल्ने छुट्टै राखिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डाक्टर इश्वरीप्रसाद लौडारीले जानकारी दिनुभयो । घोषणापछि देवघाटधाम क्षेत्रभित्र एकपटक प्रयोग हुने प्लाष्टिक झोला बोतल, गिलास, प्लेट तथा अन्य प्लाष्टिकजन्य सामग्रीको प्रयोग क्रमशः निषेध गरिने लौडारीले जानकारी दिनुभयो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।