झापामा निर्वाचन आचारसंहिताबारे सर्वपक्षीय छलफल

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापामा निर्वाचन आचारसंहिताबारे सर्वपक्षीय छलफल

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षानिकायसँगै निर्वाचन अधिकृतबीच निर्वाचन आचारसंहिताको विषयमा छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा राजनीतिक दलले निर्वाचन सुरक्षासँगै मनोनयनको प्रक्रियाबारे चासो राखेका थिए । उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते तोकिएको छ । मनोनयन दर्ता गर्न आवश्यक कागजात तथा प्रक्रियाबारे निर्वाचन अधिकारीहरूले जानकारी गराएका छन् ।

पाँचथरमा दलहरूले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएका छन् । मकवानपुरमा उम्मेदवारी मनोनयनलाई व्यवस्थित पार्न मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सर्वपक्षीय बैठकले उम्मेदवारी दर्ताका लागि दलहरूलाई फरक फरक समय निर्धारण गरेको छ।

धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिताबारे जानकारी गराइएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन व्यवस्थित एवं मार्यादित बनाउनेले विराटनगरमा पनि आइतबार सर्वदलीय एवं सर्वपक्षीय बैठक आयोजना भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन पश्चिम रूकुमका सरोकारवालाले सााझा प्रतिवद्धता जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.