
दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि दुर्व्यवहार भएको छ ।
नेपाललाई नेकपा बहुमत समर्थित विद्यार्थीहरूले कालोमोसो दल्नुका साथै कुटपिटसमेत गरेका छन् । आइतबार बिहान पाँच ६ जनाको समूहमा दाङको बेलझुण्डीस्थित उपकुलपति निवासमा पुगेका अखिल क्रान्तिकारीका विद्यार्थीले मोसो दल्नुका साथै दुर्व्यवहार गरेको विश्वविधालयका कुलसचिव माधव अधिकारीले जानकारी दिनुभयो ।
नेपालसँगै अन्य दुई कर्मचारीमाथि पनि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नावय उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो । मोसो दल्ने विद्यार्थीहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरूले भ्रष्टाचारको आरोप लगाउँदै उपकुलपति नेपालमाथि दुर्व्यवहार गरेका हुन् ।
नेकपा बहुमत निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका लुम्बिनी प्रदेश इन्चार्ज प्रेमप्रसान्त बोहोराले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिनुभएको छ ।