
धादिङ । धादिङको गल्छीमा गल्छी कृषि सास्कृतिक तथा व्यापार महोत्सव जारी छ ।
स्थानीय उत्पादन र सस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले हिजोदेखि मेला सुरु भएको हो ।
मेला राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठानको आयोजनामा गल्छीको छाङ्गेस्वर प्राङ्गणमा मेला सुरु भएको हो । बागमती प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री शिवराज अधिकारीले उद्घाटन गर्नु भएको मेला १४ दिन सम्म चल्नेछ ।