
मोरङ । मोरङको बुढीगंगा गाउँपालिका तीन गोकुवामा भएको आगलागीबाट ११ घर जलेर नष्ट भएका छन् ।
बुधबार दिउँसो भएको आगलागीमा परेर एक करोड १७ लाखको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आगलागीभएसँगै मुसहर समुदाय संकटमा परेको छ ।
अधिकांश घरहरू फुसको छाना र टाटीबेराले बनेका थिए । आगोले बस्तीका घरहरू चाँडै जलेर ध्वस्त भएको मोरङ प्रहरीले जनाएको छ ।