
पाल्पा । डढेलोबाट हुने क्षति कम गर्न डिभिजन वन कार्यालय पाल्पाले तानसेन श्रीनगरडाँडा जंगलमा वन डढेलो व्यवस्थापन अभ्यास गरेको छ ।
डढेलो नियन्त्रणको पूर्व तयारीस्वरूप ज्वलनशील पदार्थको व्यवस्थापन गर्न सुरक्षाकर्मी, कर्मचारी, उपभोक्ता समूहलाई सिकाइका लागि अभ्यास गरिएको हो । मानवबस्ती नजिकका सामुदायिक वनसँगको सहकार्यमा जोखिमयुक्त डढेलो लाग्नबाट जोगाउन अभ्यास गरिएको सिनियर डिभिजन वन प्रमुख मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।