धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ भद्रटोल र संगमटोलको बीचमा रहेको झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । स्थानीयवासीले झाडीमा बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि सेती प्रादेशीक अस्पताल भर्ना गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शिशु कसले तथा किन फालेको भन्ने विषयमा प्रहरीले खोजी सुरु गरेको छ ।