१४औं दक्षिण एसियाली खेलकुद सन् २०२७ मा पाकिस्तानमा आयोजना हुने

माघ १४, २०८२ |खेल ब्युरो
१४औं दक्षिण एसियाली खेलकुद सन् २०२७ मा पाकिस्तानमा आयोजना हुने

काठमाडौं । १४औं दक्षिण एसियाली खेलकुद-साग सन् २०२७ मा पाकिस्तानमा आयोजना हुने भएको छ । 

उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न दक्षिण एसियाली फेडेरेसनहरूको बैठकले २०२७ मार्च २३ देखि ३१ तारिखसम्म पाकिस्तानमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । बैठक एसियाली ओलम्पिक परिषद्को ४६औं साधारण सभासँगै आयोजना गरिएको थियो ।

दक्षिण एसियाली राष्ट्रहरूबीचको प्रमुख मल्टी स्पोर्ट्स प्रतियोगिताको पहिलो संस्करण १९८४ नेपालमा आयोजना भएको थियो । पछिल्लो पटक सन् २०१९ मा नेपालमै १३औं संस्करण सम्पन्न भएयता करिब सात वर्षसम्म यो प्रतियोगिता आयोजना हुन सकेको थिएन ।