
सल्यान । सल्यानमा आगामी फागुन २१ गते हुने निर्वाचनमा आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबै पक्षले प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन कार्यालय सल्यान र मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना गरेको बैठकमा सहभागी राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
दलहरूले समय र स्थान नजुध्ने गरी निर्वाचन गतिविधि गर्ने, कार्यक्रमबारे सम्बन्धित निकायलाई जानकारी गराउनेलगायतमा सहमति जनाएका छन् ।