
कैलाली । कैलालीको चुरे गाउँपालिका-५ स्थित बाँसपानी सामुदायिक वन क्षेत्रबाट अवैध रूपमा कटान गरिएको १२८ क्यूफिट चिरान काठ बरामद गरिएको छ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख तथा डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरको नेतृत्वमा गएको टोलीले विभिन्न स्थानमा लुकाइ राखिएको दुई सय १० थान चिरान गरिएको कडी र २३ थान फ्रेम बरामद गरिएको हो।
काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र छिट्टै पक्राउ गरिने डिभिजन वन कार्यालयले जनाएको छ।