.png&w=1000&height=550)
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका-४ मित्यालमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मित्याल-अरूणखोला सडक खण्डअन्तर्गत निस्दी-४, च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुरको अरूणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको भएको छ । उनीहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा जिप व्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट झन्डै एक किलोमिटर तल खसेको छ ।
घाइतेहरूलाई उद्धार गरी नवलपुर डन्डास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।