दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश

मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो। आदेशसँगै प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाएर रिहा गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्तिविरूद्धको कसुरमा पक्राउ गरेको थियो । उहाँलाई जिल्ला प्रशासन कार्यलयबाट म्याद थप गरेर अनुसन्धान भइरहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.