४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन

मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

आइतबार दिउँसो माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन् ।

रोजगारीको ग्यारेन्टी, २०४६ साल यताको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण, सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न पनि उनीहरूले माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.