.png&w=1000&height=550)
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फा, 'ए' डिभिजन क्लबहरू र खेलाडीबीचको त्रिपक्षीय वार्ताले सहिद स्मारक लिग आयोजनाका लागि समिति बनाएर छलफल गर्ने सहमति गरेको छ।
खेलाडी र क्लबको आन्दोलनपछि एन्फाले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो। छलफलमा तिनै पक्षका प्रतिनिधिको समिति बनाएर लिग आयोजनाका सबै विषय टुंगो लगाउने सहमति भएको हो। नेपालमा 'ए' डिभिजन लिग आयोजना नभएको झन्डै नौ सय दिन पुगेको छ।
नेपाली फुटबलको मेरूदण्डका रूपमा रहेको 'ए' डिभिजन लिगलाई लिएर एन्फा र क्लब उदासिन बनेपछि लिग हुन नसकेको हो। लिग आयोजना गर्नका लागि पटक-पटक मिति तोकिएको भए पनि अहिलेसमम हुन सकेको छैन। यसले गर्दा नेपाली खेलाडी र फुटबल समर्थक एन्फा र क्लबप्रति आक्रोषित छन्।
पछिल्लो एक महिनामा नै दुई पटक लिग आयोजनाको मिति तोकिएको भए पनि फेरी लिगको मिति र आयोजनाकै विषयमा सहमति गर्न नयाँ समिति गठन गर्न लागिएको हो।