जेन-जीका नाममा भइरहेका अराजक गतिविधि नरोके प्रतिरोध गर्ने भोलेन्टियर फोर्सकाे चेतावनी

मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जीका नाममा भइरहेका अराजक गतिविधि नरोके प्रतिरोध गर्ने भोलेन्टियर फोर्सकाे चेतावनी

काठमाडौं । नेकपा एमालेको नवगठित नेसनल भोलेन्टियर फोर्सले सुदन गुरूङलगायत जेन-जीका नाममा भइरहेका अराजक गतिविधि नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले विज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो । घटनामा संलग्न व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य रहेको उल्लेख गर्दै, आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई पनि आग्रह गरेको छ । 

घनानामा संलग्न सञ्जोग गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार सुदन गुरूङ लगायतका समूहले एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की दिएको विषयमा पनि ध्यानाकर्षण भएको फोर्सले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.