परिष्कृत मार्क्सवादसहितको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन, बाबुरामकाे नयाँ प्रयास

मंसिर ७, २०८२ |विकास आचार्य
परिष्कृत मार्क्सवादसहितको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन, बाबुरामकाे नयाँ प्रयास

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अभिभावकीय भूमिकामा रहने गरी प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । 

माओवादी परित्याग गरेर प्रगतिशील राष्ट्रिय अभियान चलाइरहेका जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी-नयाँ शक्तिका बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको हो । जेन-जी नेताहरू पनि समावेश नयाँ पार्टीले वैचारिक राजनीतिक लाइन भने परिस्कृत मार्क्सवादसहितको नेपाली समाजवाद हुने घोषणा गरेको छ । 

माओवादी परित्याग गरेर प्रगतिशील राष्ट्रिय अभियान चलाइरहेका जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी-नयाँ शक्ति सञ्चालन गरिरहेका बाबुराम भट्टराई र नयाँ अभियान थाल्ने घोषणा गर्दै रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठनभएको हो । 

नयाँ पार्टीमा जेन-जी अभियान चलाइरहेका अगुबामध्येकी एक ओजस्वी भट्टराईसहित दर्जनभन्दा बढी जेन-जी नेताहरू पनि सहभागी भएका छन् । वैचारिक राजनीतिक लाइन भने परिष्कृत मार्क्सवादसहितको नेपाली समाजवाद हुने घोषणा गरिएको छ ।जेन-जी आन्दोलनपछि नयाँ पार्टी दर्ता हुने र भएका पार्टीहरू पनि एकता अभियान चलाएर ठूलो पार्टी बनाउने क्रम बढेको छ । 

नेताहरू भने पार्टीमात्रै एक भएर नहुने, विचार र कार्यशैली पनि मिल्दै जानु पर्ने दाबी गर्छन् । जेन-जी आन्दोलनपछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि जेन-जी अगुवाहरूलाई साथमा लिएर हिँड्न खोजेको देखिन्छ । पार्टीको अभिभावकीय भूमिकामा बसेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मञ्चबाटै जेन-जी नआए पार्टी बन्न गाह्रो बन्ने बताउनुभयो ।

नयाँ शक्तिकै आँखा चुनाव चिन्ह राखिएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा १ सय ५१ जना केन्द्रीय सदस्य राखिएका छन् । हाललाई ५ सदस्यीय अध्यक्ष परिषद् बनाइएको छ, जसको नेतृत्व हाल सन्तोष परियारले सम्हाल्नुभएको छ । परियारले बाटो अप्ट्यारो भए पनि इतिहास लेखिने दाबी गर्नुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टी-प्रलोपलाई अब वैचारिक र राजनीतिक रूपमा आफूलाई पुष्टि गर्न भने चुनौती छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।