विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न

मंसिर ७, २०८२ |अनिल मिश्र
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न

जनकपुर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतबार जनकपुरधाममा तिलकोत्सव सम्पन्न भएको छ ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत राम मन्दिरमा तिलकोत्सव सम्पन्न भएको हो । जानकी मन्दिरबाट 'पाहुर' लिएर जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुग्नुभएको थियो ।

यसैबीच धनुषा प्रशासनले विवाहपञ्चमी महोत्सव मर्यादित र शान्तिपूर्णरूपले सम्पन्न गर्न जनकपुरधाममा माछा मासु र मदिरा विक्रीवितरणमा रोक लगाएको छ । आइतबार साँझदेखि बुधबार मध्यरातसम्म प्रतिबन्ध कायम रहनेछ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।