
काठमाडौं । नेपालले एक खेलअगावै बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्वि सिरिज आफ्नो पक्षमा पारेको छ ।
आइतबार सम्पन्न रग्वि सेभेन्सका दुबै खेल जित्दै नेपालले सिरिज आफ्नो बनाएको हो । दुई टोलीबीचको रग्वि फिप्टिन्स खेल भने हुन बाँकी छ । ढाकामा सम्पन्न पहिलो सेभेन्स भिडन्तमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई १५-० ले पराजित गर्यो । बलियो रक्षा, तीव्र आक्रमण र निरन्तर प्रेसरले घरेलु टोलीलाई खेलभर दबाबमा राख्दै नेपालले सफा जित हात पारेको थियो ।
दोस्रो सेभेन्समा पनि नेपालले प्रभावकारी फिनिसिङसहित बंगलादेशमाथि २६-१५ को जित दर्ता गर्दै सिरिज जितेको हो । दुई टोलीबीचको रग्वस फिप्टिन्स खेल भोलि अर्थात् साेमबार खेलिनेछ ।