
इलाम । गत असोज १८ र १९ गतेको बाढीपहिरोबाट प्रभावित इलामलाई सरकारले विपतग्रस्त क्षेत्र घोषणा गरे पनि अहिलेसम्म ठोस काम नभएको पीडितले गुनासो गरेका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले समस्या जस्ताको तस्तै रहेकाले दैनिक गुजारा गर्न समेत समस्या रहेको बताएका छन् । तहसनहस भएको पर्यटन क्षेत्र अझ व्यँतिन सकेको छैन ।
राज्यले संकटग्रस्त क्षेत्र घोषणा गरेर इलाम आउन चाहनेका लागि थप त्रास दिएको पीडितहरूको गुनासो छ । असोज बाढीपहिरोले इलाममा ३९ जनाको ज्यान गएको थियो भने १ बेपत्ता छन् । ३ सय ६५ घर पूर्णरूपमा र ९ सय घरमा आंशिक क्षति पुगेको छ। सडक सञ्जाल जसोतसो बनेपनि त्यहाँ खानेपानी, विद्युतलगायत क्षेत्रमा समस्या छ।