माईखोलामा डाइभर्सन निर्माण सकियो

कार्तिक २७, २०८२ |विप्लव भट्टराई
माईखोलामा डाइभर्सन निर्माण सकियो

विप्लव भट्टराई । इलामबाट झापा झर्ने सबैभन्दा छोटो सडक केचना कञ्चनजंघा मार्गअन्तर्गत माई नगरपालिका र इलाम नगरपालिकाबीचको बेलासीमा डाइभर्सन निर्माण सम्पन्न भएको छ ।

डाइभसर्न निर्माण भएसँगै आजदेखि सानाठूला सबै गाडी डाइभर्सनबाटै सञ्चालन भइरहेका हुन् । देउमाई नगरपालिकाको अगुवाइमा डाइभर्सन निर्माण भएको हो । पुवाखोलामा यसअघि नै डाइभर्सन बनिसकेको छ । माई खोलामा पक्कीपुल भासिएपछि समस्या भएको हो । यो सडकले इलाम नगरपालिकासहित देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र पाँचथर र ताप्लेजुङका बासिन्दाको यात्रा छोट्याउँछ । पुवाखोलामा गत असारमा निर्माण सम्पन्न भएको बेलीब्रिज बाढीले बगाएको हो । यो सडक खण्डका दुईवटै पुलमा क्षति पुगेको छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।