स्काउटको जग्गामा दीपक खड्काले बनाएका संरचनामाथि महानगरको डोजर

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्काउटको जग्गामा दीपक खड्काले बनाएका संरचनामाथि महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका संरचनामा डोजर चलाएको छ। युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न महानगरको सहयोग लिएको हो ।

नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो। उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको छ।

सात दिनभित्र भाडाबापतको बक्यौता नबुझाएका कारण महानगरले आज डोजर लगाएर जग्गा खाली गर्न लागेको हो। नेपाल स्काउटको लिजमा लिएको जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो।

लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा सम्झौता भएको थियो। १० वर्षे करार सम्झौता २०७५ सालमै सकिएको भए पनि कम्पनीले स्काउटको स्वामित्वको जग्गा छाडेको थिएन।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.