हायात रिजेन्सीद्वारा श्रमिक कटौती

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
हायात रिजेन्सीद्वारा श्रमिक कटौती

काठमाडौं । पाँचतारे होटल हायात रिजेन्सीले १ सय ३३ जना श्रमिक कटौती गरेको छ । 

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन क्रममा होटल परिसरमा तोडफोड र आगजनी भएकाले मर्मतका लागि खर्च जुटाउन कर्मचारी कटौती गरिएको हायातले जनाएको छ । आगलागी र तोडफोडका कारण होटलको भौतिक संरचनामा नोक्सानी भएको र अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातीमा समेत नकारात्मक असर परेको होटलको भनाइ छ ।

कोरोना महामारीका कारण लामो समय पर्यटन क्षेत्र प्रभावित हुँदा आम्दानीमा असर परेको र अहिले विस्तारै उकासिन लागेकाबेलामा फेरी भदौ २४ को घटनाले होटललाई पुनः गम्भीर आर्थिक संकटमा पारेको होटल व्यवस्थापनको भनाइ छ । अब होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने तर मर्मतका समयमा आम्दानी नहुने हुँदा कर्मचारी कटौती गर्नु परेको होटलको भनाइ छ । 

श्रमिक व्यवस्थापनका सम्बन्धमा ट्रेड युनियनहरूसँग छलफल गरे पनि हायात कुनै ठोस निष्कर्षमा भने पुग्न सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.