मतदाता नामावली संकलनको समय सीमा सकिन लाग्दा पाल्पामा सेवाग्राहीको भीड

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मतदाता नामावली संकलनको समय सीमा सकिन लाग्दा पाल्पामा सेवाग्राहीको भीड

पाल्पा । फागुन २१ गते हुने निर्वाचनका लागि नयाँ मतदाता नामावली संकलनको समय सीमा सकिन लाग्दा पाल्पामा नयाँ मतदाता थपिने बढेका छन् ।

निर्वाचन कार्यालय पाल्पामा तीन दिनयता सेवाग्राहीको भीड बढेको हो । १० स्थानीय तह रहेको पाल्पा तानसेनस्थित निर्वाचन कार्यलयबाट मात्रै फोटो खिचाउने भएकाले सेवाग्राहीले दुःखसमेत पाएका छन् । अनलाइन रजिष्ट्रर नगरेका सेवाग्राही बढी आएकाले पनि भीड बढेको कार्यालयले जनाएको छ । 

नयाँ मतदाता नामावली दर्ता गराउन आउने अधिकांश जेन-जी उमेर समूहका रहेका छन् । निर्वाचन कार्यालयले मतदाता नामावली संकलन, नामावलीमा रहेको त्रुटि सच्याउने, नामावलीको नामसारी गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.