जाँचबुझ आयोगले छिट्टै राजनीतिक नेतृत्वको पनि बयान लिने

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाँचबुझ आयोगले छिट्टै राजनीतिक नेतृत्वको पनि बयान लिने

काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले छिट्टै राजनीतिक नेतृत्वको पनि बयान लिइने जनाएको छ ।

सिंहदरबारमा मंगलबार कान्तिपुर टिभीसँग कुरा गर्दै आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले केही दिनभित्रै राजनीतिक नेतृत्वलाई बयानमा बोलाइने जानकारी दिनुभएको हो । उहाँले आयोगको आधा समयावधिमा ५० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेको दाबी गर्दै तोकिएको समयसीमाभित्रै कार्यसम्पन्न गर्ने बताउनु भयो । 

शर्माका अनुसार हालसम्म पूर्वगृहमन्त्री रवि लामिछानेसहित १३ जनाको बयान लिइसकिएको छ भने तीन सयभन्दा बढी उजुरीको छानबिन चलिरहेको छ । आयोगले पछिल्लो समय प्रहरीको सहयोगकै कारण बयान लिने काममा तिव्रता पाएको जिकिर गरेको छ । आयोगको समयसीमा अब करिब डेढ महिना मात्रै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.