बक्यौता असुली सकारात्मक भएको भन्दै कुलमानद्वारा धन्यवाद व्यक्त

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बक्यौता असुली सकारात्मक भएको भन्दै कुलमानद्वारा धन्यवाद व्यक्त

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै सबै सहयोगीलाई धन्यवाद दिनुभएको छ ।

सामाजिक सञ्चालमा लेख्दै उहाँले राजनीतिक हस्तक्षेपका कारण लामो समयदेखि अवरुद्ध बक्यौता असुली अब ठोस नतिजातर्फ उन्मुख भएको बताउनुभएको हो । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगबाट किस्तामा महसुलको बक्यौता असुली प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणका अनुसार अधिकांश उद्योगले पहिलो किस्ता भुक्तानी गरिसकेका छन्।

बक्यौता रकम तिर्न थालेका उद्योगीहरूलाई धन्यवाद दिँदै घिसिङले असुलीमा सहयोग पुर्‍याउने प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूलाई पनि आभार व्यक्त गर्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.