
काठमाडौं । बुधबार भएको दोस्रो खेलमा पोखरा निन्जाले ललितपुर क्विन्सलाई स्तब्ध पारेको छ। ललितपुले लिगमा पहिलो हार ब्यहोरेको हो।
उपाधिको लक्ष्यसहित प्रतियोगितामा उत्रिएको ललितपुरले आन्दोलन अघि सानदार प्रर्दशन गर्दै अपराजित यात्रा कायम मात्रै राखेको थिएन। उसले, सबै खेल सोझो सेटले जितेको थियो। खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टिमले जितको तिब्र चाहनासाथ खेल्दा पोखरा निन्जाले २५-२२ को जित हाासिल गरेको थियो।
ललितपुर डिफेन्समा निकै राम्रो देखिएको भए पनि उसले अट्याकमा आशातित प्रदर्शन गर्न सकेन्। पोखराले भने अट्याक र ब्लकमा राम्रो प्रदर्शन गर्दै दोस्रो सेटमा पनि २५-१३ को जित हाासिल गरेको हो। खेलको तेस्रो सेटमा २५-२० जित हाासिल गरेर पोखरा काठमाडौंको फाइनल पुग्ने सम्भावनालाई जिवितै राखिदिएको हो।
पोखरा भने यसअघि नै फाइनल पुग्नबाट असफल भइसकेको छ। बुधबार जित निकालेको अवस्थामा ललितपुरले फाइनलमा स्थान सुरक्षित गर्ने तय भए पनि उसको हारले फाइनल समिकरण रोचक बनेको हो।