प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचन तोकिएकै समयमा गर्न सबैले सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचन तोकिएकै समयमा गर्न सबैले सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले छलफलमा प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । 

उहाँले मतदाता नामावलीमा आजसम्मको प्रगति र गर्नुपर्ने कामहरूका विषयमा सघन छलफल भएको पनि जानकारी दिनुभयो । साथै आयोगले निर्वाचनका लागि हालसम्म गरेका कामहरूबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको छ । अन्तरिम सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभा सदस्य र माग ११ मा राष्ट्रिय सभा सदस्य सदस्यको निर्वाचनको मिति तोकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.