
काठमाडौं । निर्वाचन आयोगमा शुक्रबार थप ५ वटा राजनीतिक दलले दर्ताको निवेदन दिएका छन् ।
नयाँ दल दर्ता गर्ने समय सकिन लाग्दा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिनेहरू पनि बढेका हुन् । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्न कात्तिक ३० गतेसम्म तोकेको छ । जेन-जी आन्दोलनपछि १५ वटा दलले दर्ताको निवेदन दिएका छन् । शुक्रबार मात्रै ५ वटा दलले दर्ताका लागि निवेदन दिएका हुन् ।
नेपाल राष्ट्रिय युवा पार्टी, सुन्दर नेपाल निर्माण पार्टी, राष्ट्र निर्माण पार्टीलगायतले आज दर्ताको निवेदन दिएका हुन् । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने प्रक्रिया पुरा गरेर दर्तासमेत भइसकेको छ। त्यसबाहेक अन्य १५ वटा दर्ताको प्रक्रियामा छन् ।
आयोगले दल दर्ताका लागि आएकाको कागजात जाँच गरिरहेको छ । प्रकृया पुरा नगरेकाहरूसँग कागजात मागेको छ ।