
झापा । गत भदौ २४ गते जेन−जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोडबाट लुटिएको एउटा इन्सास राइफल फेला परेको छ ।
इन्सास राइफलसँगै त्यसमा प्रयोग हुने गोलीहरू बुधबार विर्तामोड-६ सुगम शान्ति टोलमा रहेको सिमल तरूलको झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएका केही थान हतियार यसअघि दमकमा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय दमक र विर्तामोडबाट लुटिएका २२ थान हतियार अझै फेला परेका छैनन् ।