एनपीएलमा विधागत उत्कृष्ट खेलाडीले बजाज पल्सर मोटरसाइकल पाउने

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एनपीएलमा विधागत उत्कृष्ट खेलाडीले बजाज पल्सर मोटरसाइकल पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणमा विधागत उत्कृष्ट तीन खेलाडीले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्ने भएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ क्यान र गोल्छा ग्रुपबीच आधिकारीक टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा क्यानका सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे । सम्झौताअनुसार एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उदयमान खेलाडीले एक-एक थान पल्सर मोटरसाइकल प्राप्त गर्ने छन् । दोस्रो संस्करणको एनपीएल मंसिर १ देखि २७ गतेसम्म आयोजना हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.