रेशम चौधरी र अब्दुल खानले दिए नयाँ दल दर्ताको निवेदन

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रेशम चौधरी र अब्दुल खानले दिए नयाँ दल दर्ताको निवेदन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपा छाडेका रेशम चौधरी र जनमत पार्टी परित्याग गरेका अब्दुल खानको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएको छ ।

नयाँ दल घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई गरिएको छ । त्यस्तै, चुनाव चिह्न भने जाँतो प्रस्ताव गरिएको छ ।

चौधरी र खानको समूहले नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन सनाखतको प्रक्रियामा रहेको निर्वाचन आयोगको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.