एन्फाद्वारा लिग गर्न सरकारसँग ५ करोड माग

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एन्फाद्वारा लिग गर्न सरकारसँग ५ करोड माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपालको शीर्ष डिभिजन लिग गर्न सरकारसँग ५ करोड रुपैयाँ माग गरेको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आज मन्त्रालयमा बोलाएको बैठकमा एन्फाका महासचिव किरण राई र प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले ए डिभिजन लिग गर्न सरकारले रकम दिनुपर्ने र विदेशी खेलाडी ल्याउने प्रक्रिया सहज बनाइदिनुपर्ने बताएका हुन् । तर मन्त्री गुप्ता यस विषयमा मौन रहे । उनले एन्फाको अधिकारमा हस्तक्षेप गर्न नखोजेको बताएका छन् ।

एन्फाका अनुसार एक सिजनको ए डिभिजन लिग गर्न ४० देखि ५० करोड रुपैयाा लाग्छ । जुन निजी क्षेत्रबाट ल्याउन सम्भव नभएको एन्फाले बताएको छ । लगानीको ठूलो हिस्सा खेलाडीमा लाग्ने भएकाले एन्फाले सरकारको सहयोगको अपेक्षा गर्दै आएको छ । यो वर्ष सरकारले ४० लाख रुपैयाा दिने भने पनि त्यो पर्याप्त नभएको एन्फाका महासचिव किरण राई बताउाछन् ।

क्लबले लिग खेल्नको लागि क्लब तयार रहेको बताएका छन्। लिग गर्नका लागि घचघच्याएको हौा। हामीलाई ८ महिना देखि एक वर्ष चाहिन्छ। एन्फाले पक्का निर्णय गर्न नसक्दा लिग खेल्न गाह्रो भएको मछिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठ बताउाछन्।

तयारी नै नगरी होम एन्ड अवेको फरम्याटमा लिग प्रस्ताव गरेको भन्दै अहिले क्बलहरुले एन्फाको आलोचना गरिरहेका छन् । एउटा क्लबले लिग खेल्नका लागि २ देखि साढे २ करोड खर्च गर्ने गरेका छन् । त्यसमाथि लिग च्याम्पियनले एएफसीको प्रतियोगिता खेल्न पाउने भए पनि नेपालमा अन्तर्राष्ट्रिय मान्यता पाएको रंगाशला नै छैन । लिग विजेता बनेको अवस्थामा पनि एएफसीको प्रतियोगिता खेल्ने जाने अवस्था नहुादा क्लबहरु लिगमा सहभागी नै हुन नचाहेको एन्फाको भनाइ छ ।

युवा तथा खेलकुद मन्त्री बब्लू गुप्ताले भने रंगशाला पुनर्निर्माणको विषय चाँडै समाधान गर्ने बताएका छन् ।

नेपालमा लिग खेल्न विदेशबाट खेलाडी ल्याउादा लामो प्रक्रिया पूरा गर्नुपर्छ । त्यसका लागि एन्फाले चाँडै भिसा र श्रम स्वकृति गर्ने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेको छ । त्यसैगरी एनआरएनए खेलाडीलाई स्थानीय खेलाडी सरह लिगमा सहभागी गराउन पनि एन्फाले नीतिगत सुधारको माग गरेको छ । तर बिहीबार भने एन्फा पदाधिकारीले आफ्नो समस्या मात्रै मन्त्री गुप्तालाई सुनाएर फर्किएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.