
कपिलवस्तु । तिलौराकोट विश्व सम्पदास्थलमा सूचीकृत हुन सकेन । भारतको असहमतिसँगै युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमस इन्टरनेसनलले नेपालको प्रस्तावलाई स्थगित राख्ने सिफरिस गर्यो । तर, अहिले त्यही इकोमसको लुम्बिनीमा चलेको ६० औँ महासभा र अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई नेपाली विज्ञसहित विदेशीले पनि तिलौराकोटको बारेमा बनाइएको भ्रम चिर्न सदुपयोग गरेर सकारात्मक सन्देश प्रवाह गरेका छन् ।
शाक्य वंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको तिलौराकोटमा भएको अध्ययन अनुसन्धानले देखाएको इतिहास र प्रमाणलाई उजागर गर्ने तथ्य इकोमसको विश्व मञ्चमा राखियो । पेरिसमा तिलौराकोटलाई विश्व सम्पदास्थलमा राख्ने बारेको छलफलमा इकोमस इन्टरनेसनलका अधिकारीले लुम्बिनी विकास कोष उपाध्यक्ष ल्याहारल्याल लामालाई भारतसाग सहकार्य गर्न आग्रह गरेका थिए । यो सम्मेलनमा लामाले इकोमसलाई सबैको अभिभावक बन्न आग्रह गर्दै भारत नै चाहिने भएपछि युनेस्को र इकोमस किन चाहियो भनेर प्रश्न गरेपछि उनीहरू गम्भीर बने ।
इकोमस इन्टरनेसनलको ४ दिने महासभा र ४ दिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा धेरै स्वदेश विदेशी विज्ञहरूले तिलौराकोटको ऐतिहासिकता, प्रमाणीकता र वैज्ञानिक अध्ययन अनुसन्धानको तथ्य विश्वसामुमा राखे । सम्मेलनलाई तिलौराकोटबारे बनाइएका भ्रम चिर्ने अवसरका रूपमा उपयोग गरेको पुरातत्वविद्हरू बताउाछन् । भारतको असहयोगका कारण तिलौराकोट विश्व सम्पदास्थलमा सूचिकृत हुन नसकेको सन्दर्भमा त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न सफल भएको उनीहरूको भनाइ छ ।
सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने विश्वभरकै विशेषज्ञ र विज्ञको संस्था हो - इकोमस इन्टरनेशनल । युनेस्कोको मुख्य सल्लाहकारका रूपमा रहेको इकोमसले विश्वसम्पदा सूचीमा अभिलेखका लागि विश्वभरबाट प्रस्तावित सम्पदाहरूको मूल्यांकन गरी त्यसको प्रतिवेदन युनेस्कोलाई दिन्छ । त्यसैका आधारमा युनेस्कोले विश्व सम्पदास्थलमा सूचिकृत गर्ने नगर्ने निर्णय गर्छ । तिलौराकोटकैबारेमा यत्रो ठूलो सम्मेलन गर्न सम्भव थिएन् । तर, फरक कार्यक्रममा तिलौराकोटबारेका भ्रम निवारण गर्न पाउादा नेपालीसहितका विदेशी विज्ञ शुभचिन्तक उत्साहित बनेका छन् ।
तिलौराकोटलाई विश्व सम्पदास्थलमा ल्याउने कुरा सम्मेलनमा उठ्नु नै आफूहरूको सफलता भएको नेपाली अधिकारीहरूको तर्क छ । त्यस क्रममा विदेशी विज्ञहरूलाई तिलौराकोटको भ्रमण पनि गराइएको छ । यसले अर्को वर्ष तिलौराकोटलाई विश्व सम्पदास्थलमा सूचिकृत बनाउने विषयमा उनीहरू आफैले आवाज उठाउने अपेक्षा नेपाली अधिकारीहरूको छ ।
सन् १९९६ मा युनेस्कोले तिलौराकोटलाई प्रस्तावित विश्व सम्पदास्थलको अस्थायी सूचीमा राखेको थियो । त्यसयता त्यो अस्थायी सूचीभन्दा माथि उठ्नसकेको छैन । २०२३ मा फेरि प्रक्रिया अघि बढाउादै सरकार तिलौराकोटलाई विश्व सम्पदास्थलमा सूचिकृत गर्न कस्सिएको हो ।
सम्मेलनमा नेपालसागै ६७ मुलुकका २ सय २२ जना सहभागी थिए । उनीहरूमध्ये धेरैले तिलौराकोटको अवलोकन गरे । स्मारक र सांस्कृतिक सम्पदास्थलको संरक्षण, प्रयोग र प्रवर्द्धनका लागि सन् १९६५ मा स्थापित इकोमसका ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञसदस्य आबद्ध छन् ।