
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले जिम्मेवारीबाट राजीनामा दिएका छन् । रस मुख्य प्रशिक्षकको पदबाट पछि हटेको बताइए पनि एन्फाले आधिकारिक रुपमा पुष्टि गरेको छैन ।
गत फागुन १८ गते एन्फाले औपचारिक रुपमा रसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर रसले ८ महिनामै राजीनामा दिएका हुन् । ४७ वर्षीय अस्ट्रेलियन नागरिक रसको प्रशिक्षणमा नेपालले ७ खेल खेलेको थियो । जसमध्ये नेपालले १ खेलमा जित हात पार्दा २ बराबरी र ४ खेलमा हारको सामना गरेको थियो । नेपालको प्रशिक्षकको रुपमा रसको पहिलो खेलमा नेपालले सिंगापुरलाई १-० ले पराजित गरेको थियो । यो नै उनले प्राप्त गरेको उत्कृष्ट नतिजा थियो । उनको प्रशिक्षणमा नेपालले हङकङसँग बराबरी खेल्दा मलेसिया र लाओससँग समान १-१ खेलमा हार बहोरेको थियो । नेपाल भियतनामासँगका दुबै खेलमा पराजित भएको थियो । भियतनामसँगको अन्तिम खेलमा दोहोरो पहेंलो कार्ड बेहोरेका कारण उनी टचलाइनमा समेत थिएनन् ।
यसले यसअघिनै नेपाली फुटबलको घरेलु संरचनालाई लिएर प्रश्न गर्दै लिग नै नहुने देशको फुटबल बलियो हुन नसक्ने बताएका थिए ।