असोज । विश्वभरका चिकित्सकहरुको योग्यता, शिप तथा ज्ञानको परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा चौंथो पटक नेपाल मेडिसिटीमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको परीक्षा असोज २८ गतेबाट शुरु भएको थियो।
एमआरसीपी युके पेसेस चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।
सन् २०२४ देखि नेपालका लागि नेपाल मेडिसिटीले निरन्तर रुपमा परीक्षा केन्द्रका रुपमा परीक्षा सञ्चालन गर्दै आएको छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनैसुकै अस्पतालमा काम गर्न सक्दछन् ।
बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष वर्ष बंगलादेश, भारत, नेपाल, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभस देशबाट ४६ जना प्ररीक्षार्थीहरु आएका थिए ।
शुरुवातदेखि नै नपाल मेडिसिटीकी डा। प्रगति कोइरालाले यस परीक्षाको लागि समन्वयन गर्दै आउनु भएको छ।