धनकुटामा बस दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते

आश्विन २९, २०८२ |विनोद घिमिरे
धनकुटामा बस दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते

धनकुटा ।  विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जितपुर जाँदै गरेको बस धनकुटाको निगालेमा दुर्घटनामा परेको छ। 

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा धनकुटा महालक्ष्मी-६ कि ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी-९ का ६० वर्षीय डील्ली बराल मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सरतकुमार थापा क्षेत्रीले बताउनु भयो । 

दुर्घटनामा धनकुटा-४ कि ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङ केरावारीकी-९ कि ६० वर्षीया देवि न्यौपाने, धनकुटा महालक्ष्मी-९ कि ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी नगरपालिका-७ कि ३३ वर्षीया श्रीजना जीमी, महालक्ष्मी नगरपालिका-८ कि १७ वर्षीया खुसी लुंगेली, मोरङ गछियाकी ८ वर्षीया अंकिता खड्का परेका छन । घाइतेहरूको धनकुटा अस्पतालमा उपचार भैरहेको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।