धनकुटामा सडक दुर्घटना, उद्धार, प्राथमिक उपचार तथा ट्राफिक व्यवस्थापनको कृतिम अभ्यास

आश्विन २८, २०८२ |विनोद घिमिरे
धनकुटामा सडक दुर्घटना, उद्धार, प्राथमिक उपचार तथा ट्राफिक व्यवस्थापनको कृतिम अभ्यास

धनकुटा । धनकुटा प्रहरीले कोशी राजमार्गको जिरोप्वाइन्टमा सडक दुर्घटना, उद्धार, प्राथमिक उपचार तथा ट्राफिक व्यवस्थापनको कृतिम अभ्यास गरेको छ ।

सडक दुर्घटनामा पछि उत्पन्न हुनसक्ने जटिल अवस्थाको सहज व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा प्रहरी कर्मचारीलाई अभ्यस्त गराउँन कृतिम अभ्यास गराइएको हो । अभ्यासमा सडक दुर्घटना हुनसक्ने सम्भावित मुख्य कारण, घाइतेहरूको तत्काल उद्दार र प्राथमिक उपचार तथा समन्वयका बारेमा समुदायलाई समेत जानकारी गराइएको थियो ।

धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बेलाबेला हुने यस्ता अभ्यासले नागरिक-प्रहरी सामुदायिक अन्तरघुलन दरिलो बनाउनुका साथै सडक सुरक्षा, सतर्कता र उद्दार व्यवस्थापनमा सघाउ पुर्याउने बताउनु भयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।