धनकुटा । धनकुटाबाट तरकारी बोकेर धरान जाँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्वरको मिनि ट्रक मुलघाट माथीको भीरबाट खसेको छ । दुर्घटनामा मिनि ट्रकका सह-चालक उदयपुर रानिटार घर भएका अन्दाजी १८/१९ को दिनेश क्षेत्रिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक उदयपुरको उदयपुरगढि गाउपालिका–९ कुर्कुनटार बस्ने बर्ष २६ को नारायण खड्का सामान्य घाइते भएका छन् । दुर्घटना राती २ बजे तिरको भएको धनकुटा प्रहरीले जनाएको छ । ट्रक खसेको स्थान धनकुटा नगरपालिका ९ पाँच गोलाइ हो ।
घाइतेलाई मुलघाट स्थित नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्दार गरेको थियो ।